Logo
Logo

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने


6.1k
Shares

काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय’ सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रममा सेनाको व्यावसायिक दक्षताको अभिवृद्धि गरिने पनि उल्लेख छ ।

सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्पादन गर्ने कारखानाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सरकारको छ ।

‘सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्तादन गर्ने कारखाको क्षमता अभिवृद्धि गरी त्यस्ता सामग्रीमा आत्मनिर्भर हुँदै जाने नीति लिइनेछ’, राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै नेपाली सेनाको सकल दर्जाका लागि न्यूनतम सुविधासहितको आवास निर्माणलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्