काठमाडौं । सरकारले सार्वजनिक सवारी यातायातको भाडा बढाएको छ। अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरीएको जनाएको छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएसँगै सरकारले भाडा बढाएको हो । नयाँ भाडादर भाडा आजैदेखि लागू हुनेछ ।
विभागले सूचना जारी गर्दै इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढे वा घटेमा भाडा समायोजन गर्ने वैज्ञानिक प्रणालीअनुसार नै भाडा बढाइएको विभागले जनाएको छ ।
यात्रुवाहक सवारी साधनमा २ दशमलव १ प्रतिशतले भाडा बढेको हो । यसअघि सरकारले गत बुधबार मात्रै भाडा बढाएको थियो ।











