Logo
Logo

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित



काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चत भएको छ ।

काठमाडौं महानगरमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये सुनिताले ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

अब गणना हुन करिब २४ हजार मत बाँकी छ । ती सबै मत श्रेष्ठलाई गएपनि सुनिता विजयी हुनेछिन् । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको हो ।

मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित जस्तै भएको छ । अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसका सिर्जना सिंहले ३४५७० मत पाएका छन् भने एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्