
काठमाडौं । उदयपुरको कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेसचन्द्र श्रेष्ठ विजयी भएका छन् ।
उनले ६ हजार ४ सय १७ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९ सय ५२ मत ल्याए ।
यसैगरी उपमेयरमा नेकपा एमालेका गीता खड्का ६ हजार ४ सय १३ मत ल्याएर निर्वाचित भइन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८ सय २१ मत पाए ।











