Logo
Logo

ओलीको टिप्पणी- पासा फ्याँकेर ल्याइएको म्यादी सरकार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकालाई ‘पासा फ्याँकेर ल्याएको म्यादी सरकार’को संज्ञा दिएका दिएका छन् ।

संदमा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले वर्तमान सरकारले महाभारतमा सकुनीको पासामा कौरवहरुले सत्ता हातमा लिएको जस्तै वर्तमान सरकार पनि गठबन्धनले पासामा सत्ता हातपरेको भनेका हुन् ।

अध्यक्ष ओलीले महाभारतमा पाण्डपहरुसँग सबैकुरा हुँदाहुँदै पनि सकुनी र मन्थराको षड्यन्त्रमा सत्ता खोसिएको कथा सुनाउँदै आफ्नो सत्ता पनि त्यसरी नै खोसिएका भनेका हुन् ।

ओलीले त्यति मात्र भनेनन् । वर्तमान सरकारलाई ‘म्यादी सरकार’ समेत भनेका छन् ।

वर्तमान सरकारको परराष्ट्र नीतिप्रति असन्तुष्टि जनाउँदै ओलीले ‘म्यादी सरकार’का कारण परराष्ट्र नीति अस्तव्यस्त भएको आरोप लगाएका छन् ।

आफ्नो देशको कुनै ठाउँ जाँदा सरकारबाट अनुमाति माग्नु परेको गुनासो सुनाउँदै ओलीले विदेशी नेताले नेपालको कुनै ठाउँको भ्रमण गर्दा अनुमति लिए कि लिएनन् भन्नै प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्