Logo
Logo

सुविसुधालाई ‘हुरी चल्यो वैंशको’ (भिडियोसहित)



काठमाडौं, २५ पुस । नेपाली गीतसंगीतको बजारमा फरक–फरक गीतहरु आउने क्रममा यो चिसो मौसमलाई चुनौती दिँदै एउटा हर्ट डान्सिङ बीटको गीत सार्वजनिक भएको छ ।
‘हुरी चल्यो हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियोमा एकान्त मगर, जुना आले मगर, खुशिका मगरातीलगायतका कलाकारले हट अवतार देखाएका छन् । गायक अर्जुन सुनाम र बिन्दु परियारकोे स्वर रहेको ‘हुरी चल्यो’ हालै युट्युबमा लञ्च गरिएको हो ।
यस गीतलाई गीति लेखनमा पृथक पहिचान बनाएकी सञ्चारकर्मी सुविसुधा आचार्यले लेखेकी हुन् । यस गीतमा झमक संगितम्को संगीत रहेको छ भने भिडियोलाई शिवन श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्