Logo
Logo

शक्तिशाली प्रधानमन्त्रीले विलौना गरेको सुहाउँदैन


- दृष्टि न्युज/संवाददाता


विषादी प्रकरणमा भारतीय दूतावासको पत्र वारे प्रधानमन्त्री केपि ओलीले आफूलाई सो पत्र वारे जानकारी नदिइएको भनेर विलौना गर्नु भएको छ ।

संचार माध्यमहरुमा आएको समाचार अनुसार प्रधानमन्त्री ओलीले असार २६ गते राजधानीमा भएको कार्यक्रममा भारतको सो पत्र वारे उहाँलाई जानकारी नदिनुले आफु लज्ज्ति हुनु परेको वताउँनु भएछ ।

दुई तिहाइको समर्थन प्राप्त सरकारका शक्तिशाली प्रधानमन्त्रीकालागि यसरी विलौना गर्दै हिँड्नु सही होइन ।

 

यदि प्रधानमन्त्रीलाई सो पत्र वारे जानकारी नदिएकै रहेछ भने जानकारी नदिने सम्वन्धीत निकायका मन्त्री तथा जिम्मेवार कर्मचारीहरुलाइ तुरुन्त कारवाही गर्नु पर्दथ्यो । त्यसरी कारवाही गर्ने अधिकार प्रधानमन्त्रीलाई नेपालको संविधान तथा कानुनले दिएको छ । तर प्रधानमन्त्रीले सो पत्रवारे जानकारी नदिने मन्त्री तथा कर्मचारीलाई कारवाही गर्नु त परै जाओस् , एक सामान्य स्पष्टीकरण समेत पनि लिने काम भएको छैन । तब प्रधानमन्त्रीका कुरा कसरी जनताले पत्याउने ?

आफुलाई झुक्याउने, ढाँट्ने मन्त्री तथा कर्मचारीहरुलाई प्रधानमन्त्रीले तत्काल कारवाही गर्न नसक्नुले कतै प्रधानमन्त्रीले जानकारी हुँदा हुँदैपनि नभएको भनेर उल्टै जनतालाई ढाँटेको हो कि भन्ने आशंका जनतामा व्याप्त रहेको छ ।

जे होस्, प्रधानमन्त्री निकै कमजोर भैसक्नु भएको रहेछ । शक्तिशाली प्रधानमन्त्री आफुलाई ढाँट्ने कर्मचारी र मन्त्री सामु निरिह वनेका रहेछन् । भारतीय दुतावासको एक पत्रले नै नेपालका शक्तिशाली प्रधानमन्त्रीलाइ लम्पसारवादी वनाइदिन सक्ने रहेछ ।

यदि प्रधानमन्त्रीले जिम्मेवार मन्त्रीलाई वर्खास्त गर्न सकेनन् भने स्वयम् प्रधानमन्त्री नै असक्षम रहेछन् भन्ने प्रमाणित हुनेछ । यस विषादि काण्डमा प्रधानमन्त्रीले जिम्मेवार मन्त्रीलाई वरखास्त गर्न सकेनन् भने शक्तिशाली प्रधानमन्त्रीको राजनैतिक औचित्य समाप्तीको शुरुवात हुनेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्