Logo
Logo

मन्त्री बन्न लागेका मेटमणि को हुन् ?


54.2k
Shares

काठमाडौं । २०२९ साल चैत १० गते दाङको गढवामा जन्मिएका हुन् मेटमणि चौधरी । पिता भगवतीप्रसाद चौधरी र माता शिव रात्रिदेवी चौधरीको कोखबाट जन्मिएका मेटमणिको दुई वर्षको प्रेमपछि २०५८ सालमा खुमा कुमारी चौधरीसगँ विवाह भयो ।

खुमाकुमारी पनि राजनीतिमा सक्रिय छिन् । राजनीतिक परिवारमा जन्मिएकाले सानैदेखि राजनीतिप्रति उनो चासो थियो । बुबा पनि राजनीति लागेकाले आफ्नो सानैदेखि राजनीतिमा रुचि भएको उनी बताउँछन् ।

मेटमणिको वुबा २०५१ सालको मध्यवर्ती चुनावमा उठेका थिए । उनकीे दिदी दाङको गढवा गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् । अर्की दिदी पार्टीको शिक्षक संगठनमा छन् । राजनीतिक र सामान्य परिवारमा हुर्केका उनको राजनीति यात्रा भने विद्यार्थी राजनीतिवाट २०४६ सालपछि मात्रै सुरु भएको हो ।

नम्रबोली र मिलनसार व्यवहारका मेटमणि दाङ देउखुरीका स्थायी हुन् र उनले अनेरास्ववियु छौटौँबाट राजनीति सुरु गरे । अनेरास्ववियुको विभिन्न संगठन हुँदै सांसदसम्म बनेका मेटमणि चौधरी नेपाली कम्युनिस्ट आन्दोलनलाई सिँगो विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने बनाउन चाहन्छन् ।

अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष, राप्ती अञ्चल कमिटीको सदस्य, कोषाध्यक्ष, सचिव, संयोजक र केन्द्रीय सदस्यसम्म उनले विद्यार्थी राजनीतिमा काम गरेका छन् ।

पार्टी राजनीतिमा नेकपा एमाले दाङ क्षेत्रीय कमिटी १ को सचिवको जिम्मेवारीबाट सुरु गरे । क्षेत्रीय कमिटी सचिव, अध्यक्ष हुँदै उनी २०५५ सालमा दाङ जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।

केन्द्रीय स्कुल विभागको सदस्य हुँदै पार्टीको नवाँै महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्लाको ईन्चार्ज बने । नेपालमा रहेका तत्कालीन दुई ठुला कम्युनिस्ट पार्टीको एकता भएर बनेको नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरे ।

सानैदेखि खरो स्वभावका मेटमणि चौधरी नेकपा विभाजन भएर नेकपा एमालेमै रहेका थिए । तर, केपी ओलीले संविधानविपरीत दुई पटक संसद भंग गरेपछि केपी ओली प्रवृत्तिको खुलेर आलोचना गरे ।

सविधानविपरीत ससंद विघटनसँगै केपी ओलीले पार्टीलाई समेत आफ्नो स्वार्थ अनुरुप बनाउन थालेपछि त्यहाँबाट विद्रोह गरेर उनी माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागे ।
२०७४ सालमा दाङ जिल्लाको क्षेत्र नम्बर १ बाट करिब १४ हजार मतान्तरले प्रतिनिधिसभामा निर्वाचित चौधरी हाल एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।
निष्ठाको राजनीतिमा सक्रिय उनी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यसँगै लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुन् । राजनीतियात्राकै क्रममा उनले २०५९ सालमा जेलजीवन समेत विताएका थिए ।

मानव अधिकार जागरण मञ्च दाङको संयोजक, कमैया मुक्ति समाजको केन्द्रीय सदस्य, थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारी सघको केन्द्रीय सदस्यलगायत जिल्लामा रहेका विभिन्न समाजिक संघसंस्थाहरूमा संलग्न रहेर काम गरेको उनको अनुभव छ ।

अध्ययनमा अत्यन्तै रुचि राख्ने चौधरीले अर्थशास्त्र र राजनीति शास्त्रमा एमए गरेका छन् । अहिले उनले त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दैछन् । उनका एक श्रीमती एक छोरी र एक छोरा छन् ।

उनै मेटमणि वर्तमान गठबन्धन सरकारको मन्त्री बन्ने पक्का भएको छ । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्