Logo
Logo

त्रिशूली–बेत्रावती सडक भासियो


189
Shares

काठमाडौं । लगातार वर्षाले खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–बेत्रावती सडक अवरुद्ध भएको छ । बेत्रावतीस्थित अगिटार क्षेत्रमा पहिरोले सडकको ठुलो भाग नदी किनारतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

लगातार झरीका कारण जमिन कमजोर बनेपछि सडकको ठुलो हिस्सा भासिएर नदीतर्फ खसेको छ । सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

सडकको बाँकी भागसमेत कमजोर रहेकाले सवारीसाधन सञ्चालन गर्दा थप दुर्घटनाको जोखिम देखिएको छ ।

त्रिशूली–बेत्रावती सडक नुवाकोटको उत्तरी भेगका स्थानीय आवतजावतका लागि यो महत्त्वपूर्ण सडक हो । यस सडकखण्ड अवरुद्ध हुँदा बेत्रावती तथा आसपासका क्षेत्रबाट त्रिशूली र अन्य स्थानतर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् ।

दैनिक उपभोग्य सामग्री ढुवानी तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारणलाई समेत समस्या हुने देखिएको छ । वर्षा निरन्तर भइरहेकाले अगिटार क्षेत्रमा थप पहिरो जाने र सडकको बाँकी भागसमेत भासिन सक्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्