काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

सरकारले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अघिल्लो सोमबार गृह मन्त्रालयले गौतमलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । सशस्त्र प्रहरी बलमा भएका दुई एआईजी दरबन्दीमा एक दरबन्दी रिक्त थियो । उक्त रिक्त दरबन्दीमा गौतमलाई बढुवा गरेको हो ।
उनी नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका अधिकारीहरूमध्ये एक्ला बहालवाला अधिकारी हुन्, बाँकी सबै रिटायर्ड भइसकेका छन् ।
यसअघि २१ वैशाखमा गृहमन्त्रालयले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको थियो ।














