Logo
Logo

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । २९ अषाढ ।

पानीको बहाबले पुललाई नै खतरा भएपछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ। शनिबार राति साढे १० बजपछीे भारतले सबै ढोका खुल्ला गरेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक इश्वरी दाहालले जानकारी दिए।

आइतबार बिहान ६ बजेको मापन अनुसार पानीकोवहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ। पानी निरनतर परिरहेकाले कोशीको शनिबार जलस्तर बढ्दोक्रममा रहेपनि आइतबार बिहानै देखी घट्ने क्रममा रहेको दाहालले बताए। भारतीय पक्षले ५६ वटै ढोका खोलेको यो पहिलो पटक भएको बताइएको छ।

बिहार जलमग्न भएको भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले राष्ट्रिय समाचार समितिलाई बताए ।

यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीसहितको टोलीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार पानीको बहाव तीन लाख १८ हजार ६५० क्यूसेक थियो ।

आइतबार बिहान ६ बजेको मापन अनुसार पानीकोवहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ। पानी निरनतर परिरहेकाले कोशीको शनिबार जलस्तर बढ्दोक्रममा रहेपनि आइतबार बिहानै देखी घट्ने क्रममा रहेको दाहालले बताए। भारतीय पक्षले ५६ वटै ढोका खोलेको यो पहिलो पटक भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्