Logo
Logo

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन


- दृष्टि न्युज/संवाददाता


ढाका, २९ असार (एएफपी) । बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिएका थिए । सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य हुनुभएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो ।
पछिल्लो समय जातीय पार्टी खोलेका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उनका पूर्वसहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताए । सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लवमार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याएका थिए । उनकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो ।
सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उनको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो । उनी वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता थिए । जहाँबाट उनले लगातार छ पटक संसदीय निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्