Logo
Logo

नाम मात्रको कालोपत्रे सडक


- दृष्टि न्युज/संवाददाता


बसन्तपुर, २९ असार । संखुवासभाको धर्मदेवी नगरपालिका र तेरथुमको बसन्तपुर बिचमा पर्ने सडक नाम मात्रको कालोपत्रे भएको छ । यहाँको सडक पानीको भलले खोलेर खहरे जस्तो भएको छ । 

किमाथांका खाँदबारी–विराटनगर सडकअन्तर्गत पर्ने मुडे–बसन्तपुर बिचको कालोपत्रे सडकमा पानी बग्ने नाली नबन्दा पाँच दिनदेखि लगातार परेको अविरल बर्षाले क्षति पु¥याइएको छ । बाटोमा भल बगेपछि यहाँ दैनिक गुड्ने बस तथा सवारी साधनलाई सास्ती छ । लगातारको वर्षाका कारण यो पहाडी राजमार्गमा सडकसमेत अवरुद्ध हुँदै आएकाले यात्रुले सास्ती खेप्नुपरेको छ । तस्बिर रासस

प्रतिक्रिया दिनुहोस्