Logo
Logo

नबिल बैंकद्वारा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकले ३५औं वार्षिकोत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले २०७६ आषाढ २८ गते मीनभवन नजिकको वागमती नदी किनारामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको ३०औं वार्षिकोत्सवको उपलक्ष्यमा २०७१ साउनमा यस क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यसपछि बैंकले यस क्षेत्रमा नियमितरुपमा वृक्षहरुको सुरक्षा, सरसफाइ तथा थप वृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

बैंकको वार्षिकोत्सवको अवसरमा खेलकुदलगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरी मनाएकामा अध्यक्ष शम्भुप्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका सञ्चालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्