काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापन लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार बसेको प्रतिनिभि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले मनसुनको समयमा बाढी, पहिरो र डुबानबाट धेरै जन धनको क्षती हुने भन्दै यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारलाई अग्रह गरेका हुन् ।
उनले गृह मन्त्रालय अन्र्तगतको विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशिल अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले गएराति ताप्लेजुङ जिल्लामा बर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग समेत गरे ।











