Logo
Logo

स्वास्थ्यमन्त्री खतिवडालाई भ्रष्ट प्यारो


7.4k
Shares

काठमाडौं । सधैं आकर्षक कार्यालय र निकायमा प्रमुख हुन बानी परेका डा. सुरेन्द्र चौरसिया अहिले स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखाका प्रमुख छ । उपेन्द्र यादव तत्कालीन उप तथा स्वास्थ्य मन्त्री हुँदा डा. चौरसियाका समकक्षीहरु केन्द्रमा कमाइ हुने ठाउँ नपाएर प्रदेशतिर लखेटिए । तर उनी मन्त्री यादव र राज्यमन्त्री डा सुरेन्द्र यादवको कृपाका कारण केन्द्रमै उनको समायोजन भयो ।

डा. सुरेन्द्र चौरसिया र डा. रोशन पोखरेल

समायोजन मात्र भएन, उनी आपूर्ति शाखाको निर्देशकको भूमिका पाउने भाग्यमानी कहलिए । दुई यादव मन्त्री र राज्यमन्त्री रहँदासम्म उनको चुरीफुरी आप्mना लागि मात्र होइन, आफ्ना निकट र साथीभाइहरुलाई पनि आकर्षक ठाउँमा जिम्मेवारी दिन सफल भए ।

त्यसबेला उनको भूमिका मन्त्री र राज्यमन्त्रीमार्फत् जे पनि निर्णय गराउन सक्ने कर्मचारीको रुपमा थियो । आफू त शाखा प्रमुख भए भए, आफूभन्दा माथिको ब्यवस्थापन महाशाखाको प्रमुखमा भद्र स्वभावका रमेश अधिकारीलाई लैजान पनि सफल भए ।

मोहम्मद दाउदलाई प्रदेशमा लखेटेर आफ्नै तजबिजमा चल्न सक्ने अधिकारीलाई प्रमुख बनाएका चौरसियाले धेरै दिन टिकाउन सकेनन् । पुनः दाउदलाई नै उनले महाशाखा प्रमुखको रुपमा ल्याए । पछि उपेन्द्र र सुरेन्द्र मन्त्री र राज्यमन्त्रीबाट हटेलगत्तै शाखाबाट हटेका चौरसियाको त्यहाँ रहँदा औषधि क्षेत्रका माफियाहरुसँग साँठगाँठ राम्रोसँग रहेको थियो ।

स्वास्थ्य उपकरण आपूर्ति गर्ने ठूला ब्यापारी विशाल पण्डितसँग पनि चौरसियाको उठबस रहेकै कारण उनैले अहिलेका स्वास्थ्य मन्त्री बिरोध खतिवडालाई प्रभावमा पारी पुनः आपूर्ति शाखामै फर्किन सफल भएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र ब्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्र मरासिनीलाई समेत प्रभावमा पारेर्क कारण चौरसिया स्वास्थ्य सेवा विभागको आकर्षक शाखामै रहन सफल भएका हुन् । स्वास्थ्यको सम्पूर्ण औषधि र उपकरण खरिदको जिम्मेवारी बोकेको उक्त शाखामा जान दर्जनौं आकांक्षीहरुको चाहना थियो ।

तर ती आकांक्षीहरुलाई लत्याउँदै डा. चौरसिया नै उक्त शाखाको निर्देशक हुन सफल भए । विश्वस्त स्र्रोतका अनुसार बबरमहलको बसेरा बुटिक होटलमा उनको छुट्टै कोठा छ, जहाँ उनी प्रायः औषधि र उपकरण ब्यापारीसँग डिल गरिरहेका भेटिन्छन् ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलको प्रशासनिक क्षमता कमजोर हुनु, जनसंख्या सचिव देवकुमारी गुरागाईलाई अधिकारबिहीन बनाउनु, मन्त्री खतिवडालाई सन्तुष्ट बन्नु, राज्यमन्त्री भवानीप्रसाद खापुङ अत्यन्त भद्र हुनु र बिभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आँखा चिम्लनाले गर्दा अहिले आपूर्ति शाखा चौरसियाका लागि फलिफाप भएको छ ।

प्रतिक्रिया दिनुहोस्