Logo
Logo

सशस्त्रमा डिएसपीहरूको रुवाबासी



काठमाडौं । लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीको एसपी बढुवा आइतबार सिफारिस भएको छ । सि.स ३ का ३७ जना डिएसपीहरु एसपी बढुवामा सिफारिस हुँदा केही शक्तिशाली डिएसपीहरु भने छुटेका छन् । बढुवामा क्षमतावान धेरै जसो अधिकृत अटाएका छन् ।

त्यसरी छुट्नेमध्ये एक दर्शन गिरी हुन् । जो पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओ बसेका अधिकृत हुन् । कार्यक्षमता मूल्याङकनमा कमजोर नम्बर भएका उनी प्रचण्डमार्फत नै बढुवा हुने दाउमा थिए । तर, सफल भएनन् ।

बढुवामा नपर्ने भएपछि केही दिनअघि उनले फेसबुकमा धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यस विषयमा समेत सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ ।

त्यस्तै अर्का शक्तिशाली डिएसपी समयानन्द बज्राचार्य पनि छुटेका छन् । बागबैरभ गणदेखि सशस्त्र प्रहरी स्कुल लगायत आकर्षक ठाउँमा बस्दै आएका उनले पनि शक्तिकेन्द्रमार्फत बढुवामा दबाब दिएका थिए । त्यस्तै, कांग्रेस नेताको पावर लगाएर बढुवा हुन खोज्ने तनहुँका बासुदेव लोहनी पनि बढुवामा छुटेका छन् ।

यसपटकको बढुवामा अनावश्यक चलखेल गर्ने धेरै डिएसपी छुटेको स्रोत बताउँछ । कतिपय डिएसपीहरु काम नै छाडेर बढुवाको दौडधुपमा लागेका थिए । त्यस्तो थाहा पाएपछि सशस्त्र प्रहरी नेतृत्वले बिना काम कसैलाई बिदा छाडे बाहिनीपतिलाई नै कारबाही गर्ने चेतावनी दिएर सबै डिएसपीलाई काममा फर्काएको थियो । हाजिरी भएको जनकारी समेत केन्द्र आदेश कक्षमा गराउन निर्देशन दिइएको थियो ।

एसपी बढुवामा बरियता खासै तलमाथि नहुनुले पनि निष्पक्ष भएको देखाउँछ । यसअघिको बढुवामा पहिलो लटमा परेका सिंस ३ का १८ जना सबै जना परेका छन् ।

दोस्रो लटमा बढुवा भएका २३ मध्ये केही छुटेका छन् । ३७ जना मात्रको कोटा भएकाले २३ जना पर्न सक्ने अवस्था थिएन । तेस्रो लटमा बढुवा भएकाहरु जति चलखेल गरेपनि बढुवामा पर्न सकेनन् ।

एसपीपछि डिएसपी बढुवामा पनि केही इन्सपेक्टरहरु चलखेलमा लागेका छन् । डिएसपीमा सि स ७ का अधिकृतहरु पर्नेछन् । ५६ रिक्त पदमा एक सय २२ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ ।

बिओपीमा मस्त कमाएका केही इन्सपेक्टरहरु पैसाकै बलमा बढुवा हुने दाउमा छन् । तर, एसपी बढुवाबाटै आइजिपी राजु अर्यालले पहुँच र पैसाको भरमा कोही पनि बढुवा हुन नसक्ने सन्देष दिन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्