Logo
Logo

एमालेका कारण जीतपुरसिमरा उपमहानगरको नगरसभा स्थगित



बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । १ सय २५ जना नगर सभा सदस्य रहेकोमा शुक्रबार डाकिएको नगरसभामा ४५ जना मात्रै उपस्थित भएका हुन् ।

एक अधिकारीका अनुसार एमालेका तर्फबाट निर्वाचित उपप्रमुख भोला अधिकारी सहित अन्य कार्यपालिका सदस्यहरु पुगे पनि उनीहरुले होहल्ला गरेका थिए । बिहान ११ बजे देखि नै सुरु हुने भनिएको नगरसभास्थलमा एमालेका कार्यपालिका सदस्यहरु दिउँसो २ बजेतिर दलबलसहित नगरसभास्थलमा पुगेका थिए ।

एक वडाअध्यक्षले भने, “एमालेतर्फका जनप्रतिनिधि ढिलो आउनुभयो, आएपछि पनि शान्तसँग बस्नुभएन, हो–हल्ला गर्न थाल्नुभयो, वडा अध्यक्षले आसेपासे समेत लिएर आउनुभयो, कुर्सीमा लात हान्नेसम्मको क्रियाकलाप भयो ।”

नगरसभामा आएर पनि उपस्थितिमा हस्ताक्षर नगर्दा गणपुरक संख्या नपुगेको एक अधिकारीले जानकारी दिए । गणपुरक संख्या नपुगेकोले नगरसभा स्थगित गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्