Logo
Logo

‘सार्वजनिक महत्व’बारे प्रस्ताव दर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसमा सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारबाही सम्बन्धमा आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा ‘जरुरी सार्वजनिक महत्व’को प्रस्ताव दर्ता गराएका छन् ।
केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवाअवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं संघसंस्थाबाट भएका र हुने उद्धार तथा राहतको कामकारबाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने प्रस्तावमा छ ।
नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृषेशचन्द्र लाल र कांग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् । उनीहरुले राष्ट्रियसभा नियमावली–२०७५ को नियम ६६ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएका हुन् ।
उनीहरुले अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकाले सो प्रस्तावमाथि छलफल गर्नु परेको सूचनामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्