Logo
Logo

किसान श्रेष्ठले कर्मचारीलाई भने– ‘चर्को स्वरले चित्त दुखेको भए भूल्नुहोला’


567
Shares

काठमाडौं । निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकाल सफल भएको बताएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा श्रेष्ठले ८ महिना २१ दिन सफलताका साथ सम्पन्न गरेको बताए ।
श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरेको उनको भनाइ थियो । सकरात्मक सहयोग गरेको भन्दै उनले कर्मचारीलाई धन्यवाद दिए ।
‘मलाई मन्त्रालयका सवैले सहयोग गर्नुभयाे । नयाँ मन्त्रीलाई पनि सहयोग गर्नुहोला,’ श्रेष्ठले भने, ‘एक्सनमा जाँदा चर्को स्वरले चित्त दुखेको भए भूल्न पनि आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस्