
काठमाडौं । निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले सोझो मनले जनताको भलो चिताएर काम गरेको बताएकी छन् ।
कार्यपालिकासहित न्यायपालिका, व्यवस्थापिकाका प्रमुखसँग सार्वजनिक सरोकारका विषयमा पटक–पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर काम गरेको उनले बताएकी हुन् ।
सोमबार सामाजिक सञ्जालमा झाँक्रीले भनेकी छन्, ‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन । आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणाम आइरहेका छन् । आइरहने छन् ।’
उनले नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरीलाई बधाईं दिँदै आफूले नीतिगत रुपमा अगाडी बढाएका विषयलाई निरन्तरता दिन आग्रहसमेत गरेकी छन् ।











