Logo
Logo

संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मासाथ गर्न डराएको उपेन्द्रको आरोप


1.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मासाथ गर्न डराएको आरोप लगाएका छन् ।

नरबहादुर कार्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवादः चुनौति र सम्भावना’ गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा संघियता लेखे पनि व्यवहार, चरित्रमा, कार्यशैली, कानुन सबैमा र राज्यको संरचनाभित्र एकात्मक प्रणालीमै रमाएको बताए ।

उनले प्रदेशहरु नाममा मात्र सिमित रहेको टिप्पणी गरे । उनले प्रश्न गरे- संघियतामाथि आस्था नभएको होकी ?, कसैले बोकाएको हो कि ? राजतन्त्र गए पनि २ वर्षदेखि नै जुन समुदायको ब्रचसर प्रवोत्त शक्ति सत्तामा थियो। आज पनि कुनै परिवर्तन भएको छैन ।’

अध्यक्ष यादवले संघीय गणतन्त्र नै धरापमा रहेको बताए। उनले झन्डैले संघियता खारेज भएको समेत टिप्पणी गरे। सविधानमा समाजवाद लेखेर समाजवाद उन्मुख नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्