Logo
Logo

मैले गर्दा नेकपा विभाजन भएको हो : वामदेव गौतम


1.9k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टी संयोजक वामदेव गौतमले आफ्नो कारणले गर्दा तत्कालिन नेकपा विभाजन भएको स्वीकार गरेका छन् । आज नयाँ पार्टी घोषणा गर्दै संयोजक गौतमले आफू आन्तरिक संघर्षमा लागेको कारणले गर्दा नेकपा विभाजन भएको बताए।

उनले भने, ‘नेकपा विभाजन हुनुमा मेरो पनि हात छ। नेकपा विभाजन मैले गर्दा पनि भएको हो। म स्वीकार गर्छु। तर मैले गल्ति गरे जस्तो लाग्दैन।’ गौतमले कहिले केपी शर्मा ओलीले बोलाएको र कहिले प्रचण्डले बोलाएकाले आफू राम्रो कुरालाई साथ दिएको बताए ।

ओलीले नेकपा विभाजनको दोष आफूलाई दिएको भन्दै भने, ‘ओलीले अहिले पनि मलाई दोष दिनुहुन्छ। यदि तपाईले प्रचण्डलाई साथ नदिएको भए म विरुद्ध आउन सक्दैनथ्यो । तपाईले साथ दिएकै कारण नेकपा विभाजन भएको हो भन्दै दोष लगाउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्