Logo
Logo

प्रमुख सचेतक गुरुङले भने- दुई तहको संघीय संरचना बनाउनुपर्छ


2.8k
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् । प्रमुख सचेतक गुरुङले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाईको रुपमा प्रयोग गर्न खोजिएको बताए ।

मंगलवार सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले साँचो अर्थको संघीयता दुई तहको हुने बताए ।

प्रमुख सचेतक गुरुङलले स्थानीय तह प्रदेशको मातहतमा रहनेगरी सञ्चालन गर्नुपर्ने र सोही अनुरुपको क्षेत्राधिकारहरुको बाँडफाँड हुनु जरुरी रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्