Logo
Logo

रामकुमारीले मन्त्री निवास नछाड्दा मेटमणीलाई सास्ती


26.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री एक हप्तापछि मात्र मन्त्री निवास छाड्ने भएकी छन् । शहरी विकासमन्त्री पदबाट राजीनामा दिइसकेका झाँक्री एक हप्तापछि मात्र मन्त्री निवास पुलचोकबाट घर सर्ने भएको एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीका अन्य मन्त्रीहरु भने मन्त्री निवास छाडी सकेका छन्। तर झाँक्री भने एक हप्तापछि मात्र आफ्नो निवास सर्ने भएका छन् । रामकुमारी झाँक्री मन्त्री निवास नछाड्दा नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरी समस्यामा परेका छन् ।

मन्त्री सचिवालयका अनुसार झाँक्री मन्त्री निवासबाट आफ्नो निवास नसर्दा मन्त्री चौधरीलाई पार्किङ्गको समस्या भएको छ । मन्त्री चौधरीको डेरामा पार्किङ्ग नहुँदा गाडी राख्न समस्या परेको सचिवालयले जनाएको छ ।

मन्त्री चौधरी मन्त्री निवास पुलचोकमा गाडी पार्किङ्ग गरेर पुन: डेरा फर्केको सचिवालयले जनाएको छ । पार्टीका अन्य नेताहरु राजीनामा दिएसँगै आ-आफ्नो निवास सरिसकेका छन्। तर रामकुमारी भने एक हप्तापछि मात्र सर्ने भएका छन्। यसले गर्दा नवनियुक्त मन्त्री चौधरी समयमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्