Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

वामदेवको नयाँ पार्टीदेखि काठमाडौंमा हैजाको तरंगसम्म



१. वामदेव गौतमद्वारा ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’ घोषणा, एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि सातजना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था, दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी रहेने, नेपालमा कम्युनिष्ट पार्टीको विकल्प नभएको संयोजक वामदेव गौतमको भनाइ ।

२. नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठक १७ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशैभर एकल उम्मेदवारी दिने निर्णय, कम्युपनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न वामपन्थी शक्तिहरुलाई अपिल, कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन आवश्यक रहेको ठहर ।

३. जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद झनै चर्कियो, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कृषिमन्त्री महेन्द्र यादव कारबाही गर्ने अध्यक्ष उपेन्द्र यादव पक्षको निर्णय, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठलाई पनि स्पष्टिकरण सोधिने, सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने, कारवाही र मन्त्री फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष यादवलाई ।

४. कम्पनी खडा गरेर बूढीगण्डकी जलविद्युत आयोजना बनाउने सरकारको निर्णय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव मन्त्रिपरिषदद्वारा पास ।


५. अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुने पत्र पठाउने निर्णय सुशिल कोइराला सरकारको पालामा भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, एसपीपीको ड्राफ खतारनाक भएको भनाइ, आफू प्रधानमन्त्री हुँदा एसपीपीलाई कुनै पत्र नखेलेको जिकिर ।


६. काठमाडौं महानगरपालिकाको सडकमा खानेकुरा बेच्न निषेध, उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले पानी प्रयोग हुने खाद्य सामग्री सडकमा बिक्री वितरणमा रोक, आदेशको अवज्ञा गरे जरिवानासहित कारबाही गर्ने चेतावनी, होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध ।


७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड, कोसी ब्यारेजका १६ ढोका खोलिए, पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो, ११.८२ अंकले घटेर एक हजार ९२१.३१ कायम, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.२२ अंकले घट्यो, २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार ४७२ रुपैयाँमा खरिद बिक्री ।


९. इरान र अमेरिकाबीचको आणविक वार्ता कतारमा हुने, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानको अन्तरिक सरकारका कार्यबाहक विदेशमन्त्री अमिर खान मुताकीबीच फोनवार्ता, चीन अफगानिस्तानको साथमा रहेको र भूकम्पबाट प्रभावित नागरिकलाई सहयोग गर्ने वाङ यीको प्रतिबद्धता ।


१०. ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मा विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको विजयी सुरुवात, पुलिसले आयोजक न्यु डायमन्ड स्पोट्र्स क्लबलाई ३–० ले हरायो, एपिएफले परोपकार आदर्श माध्यमिक विद्यालयलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्