Logo
Logo

मध्यपहाडी लोकमार्गकाे बागलुङ–म्याग्दीखण्ड अवरुद्ध


378
Shares

फाइल फाेटाे ।

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका २ ठूला राजमार्ग अवरुद्ध भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ–बुर्तिबाङखण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

लोकमार्गअन्तर्गत तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ ।

यस्तै बागलुङबाट म्याग्दी जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ । बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरोले सडक पुरेको हो ।

निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्