Logo
Logo

बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएका छन् ।

महालेखा परीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फछ्र्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताए ।

आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले सुनाए । ‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहो¥याउन दिनुहुँदैन, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ’, उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्यौटलाई सरकारले प्रयास गरिरहेको बताउँदै वित्तीय व्यवस्था सुधारमा सरकार लागिपरेको बताए । रु ६ खर्ब ७६ अर्ब बेरुजु फछ्र्यौटमा मन्त्रालय लागेको उनले कार्यक्रममा जानकारी गराए ।

‘आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा बेरुजु फछ्र्यौटलाई प्राथमिकता दिइएको छ, महालेखा परीक्षकको कार्यालयलाई आवश्यक भौतिक तथा वित्तीय सहयोग गरिन्छ’, उनले भने ।

प्रतिनिधिसभा, सार्वजनिक लेखासमितिका सभापति भरतकुमार शाहले १५ वर्षअघिको कम्प्युटर, ल्यापटप, मोबाइललाई त्यस बेलाको मूल्यमा परिवर्तन गरेर बेरुजु देखाउने काम न्यायसङ्गत हुन नसक्ने बताए ।

देश आर्थिक अप्ठ्यारोमै रहेकाले फजुल विदेश भ्रमण र फजुल खर्च नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्