Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

काठमाडौंमा हैजा फैलिएकोदेखि निगम आर्थिक संकटमा परेकोसम्म



१. आर्थिक संकटमा फसेपछि नेपाल आयल निगमले जग्गा धितो राखेर ऋण लिँदै, टेकुस्थित १०८९२ वर्गमिटर र ५३५५ वर्गमिटरको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिने, जग्गा धितो राखेर ऋण लिनका लागि अर्थमन्त्रालयद्वारा स्वीकृत ।


२. पार्किङ अभावका कारण १२ वटा निजी कम्पनीका १८ वटा हेलिकेप्टरको बेस (आधार विमानस्थल) काठमाडौंबाहिर सारिने, काठमाडौंमा २१ वटा हेलिकप्टरमात्रै पार्किङ गरिने, १२ वटा व्यवसायीले कहाँ कहाँ राख्ने भनेर शुक्रबारसम्म निर्णय गरिसक्नुपर्ने ।


३. न्यून वातावरणीय क्षति हुनेगरी र वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गराएर मात्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतको परमादेश, विमानस्थल निर्माण गर्ने स्थानबारे मौन ।


४. काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि, आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ, हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान आग्रह ।


५. विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्ने सरकारको निर्णय, वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सवस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकार तोकिने, उपत्यकाभित्रका प्रसारणमा सुधार, स्तरोन्नति तथा विस्तार गरिने ।


६. बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाउनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, आर्थिक शुद्धताले नै सुशासन कायम गर्ने भनाइ, प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा र स्थानीयसभाले गम्भीर रुपमा लिनुपर्ने अभिव्यक्ति ।


७. विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक भएको गृहमन्त्री बालकृष्ण खााणको भनाइ, जनताको जीउधनको रक्षा गर्नु सरकारको मूल दायित्व भएको अभिव्यक्ति, विपद्बाट प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन निर्देशन ।


८. पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गनुपर्नेमा जोड, अहिलेसम्म ४० जिल्लामा सङ्गठन विस्तार, बाँकी स्थानमा पार्टीसँग समन्वय गरी गठन गरिने ।


९. श्रीलङ्काको सुधार गृहबाट ६ सय बढी कैदी फरार, बंगलादेशमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने, युक्रेन युद्धमा रूसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीन र पाकिस्तानका ३६ कम्पनीलाई कालोसूचीमा राख्यो, शान्तिपूर्ण माध्यमबाट समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसको आग्रह ।


१० बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबको लगातार दोस्रो जित, एपीएफले आयोजक न्यु डायमण्ड स्पोट्र्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्