
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ ।
रामेछापको गोगनेमा गुरूङसहित ५ जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो सडकबाट चिप्लिएको हो ।
अचानक गाडी सडकको ट्र्याक छाडेर छेउतर्फ गएको तर, ढुंगाको ओट लागेर रोकिएको उपसभापति गुरूङले बताए । ‘ढुंगाको ओट लागेकाले ठूलो दुर्घटना हुनबाट जोगियो,’ गुरुङले भने ।
गाडीको एकातर्फको दुवै टायर सडकभन्दा बाहिर पुगेपनि क्षति भने नभएको र सबैजना सकुशल रहेको गुरुङले बताए ।
गाडी तान्न एक्साभेटर बोलाइएको छ ।











