Logo
Logo

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक


3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार २७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा काँग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा तय गरेको छ ।

केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डामाथि छलफल हुनेछ पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्