Logo
Logo

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३८ जना घाइते


1.6k
Shares

काभ्रे । बनेपामा बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना भएको छ । बनेपा नगरपालिका–११ मा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालका स्टाफ सवार बा.१क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झर्दा ३८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट भक्तपुरको लोकन्थलीका ५३ वर्षीया लेख कुमारी बस्नेतको मृत्यु भएको छ । दुर्घटनाबाट घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्