Logo
Logo

सभापति एकलौटी ढंगले अघि बढेको शेखर कोइराला समूहको निष्कर्ष


3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला सकिएको छ । बिहीबार काठमाडौंको बत्तीसपुतलीमा बसेको भेलाले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

कोइराला पक्षको भेलाले देउवाले महाधिवेशनपछि कुनै पनि निर्णय लिनुअघि नेता कोइराला पक्षसँग परामर्श नगरेको उनीहरूको दाबी छ । भ्रातृ संस्थाका नेतृत्व नियुक्त गर्दा सभापतिले एकलौटी ढंगले निर्णय लिएको कोइराला पक्षको दावी छ ।

देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग र कार्यसम्पादन तथा संसदीय समितिलगायत पनि गठन नगरेको कोइराला पक्षको भनाइ छ । देउवालाई विधि र विधानअनुसार चल्न आग्रह गर्ने पनि कोइराला पक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्