Logo
Logo

जापानी दूतावासबाहिर कोरियाली वृद्धद्वारा आत्महत्या


- दृष्टि न्युज/संवाददाता


सियोल, ३ साउन (एएफपी) । दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अगाडि एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् ।
जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ । एक स्थानीय सञ्चार माध्यमले मृत्यु भएका व्यक्तिका ससुरा जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्