Logo
Logo

एमालेलेद्वारा आर्थिक विधेयकमाथिको छलफल बहिष्कार


315
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा प्रस्तुत बजेट आर्थिक विधेयकमाथिको छलफल बहिष्कार गरेको छ ।

शुक्रबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका प्रस्ताव प्रस्तुत गर्न समय दिनेवित्तिकै एमालेले उठेर विरोध जनाएको थियो ।

अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए । त्यसपछि सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराएपछि एमाले सांसदहरु बैठक हलबाट बाहिर निस्किएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ ।

आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो । राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्