
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका नेताले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको निरीक्षण गर्ने भएका छन् ।
प्रधानमन्त्रीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेता विमानस्थल निर्माणक्षेत्रको स्थलगत अवलोकनमा जाने भएका हुन् ।
टोली बिहान ९ बजेट काठमाडौंबाट हिँड्ने एक नेताले बताए । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताले पहिलो पटक निर्माणक्षेत्रको भ्रमण गर्न लागेका हुन् ।
घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।












