
काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव भेटिएको छ ।
उनीहरूको पहिचान हुन बाँकी रहेको पाँचथरका डीएसपी राकेश थापाले जानकारी दिए । अर्का एकको खोजी कार्य जारी छ । स्थानीय दलप्रसाद मगरको घर गएराती १० बजेटतिर गएको पहिरोले बगाएको हो ।
शवको पहिचान भइनसकेको थापाले बताए । पहिरोले घर बगाउँदा ४२ वर्षिय रूपलाल मगर, ३८ वर्षिय गोमा मगर र १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए ।












