
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्की समूहले अलग्गै समानान्तर समिति घोषणा गरेका छन् । मिनभवनस्थित नेपाल कमर्श क्याम्पसवाट नयाँ कमिटि घोषणा भएको कार्की समुहका उपदेश यादवले बताए ।
‘विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर अध्यक्षले मान्नु भएन्,’ यादवले भने, ‘संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’
उनका अनुसार सो आयोजक समितिले संगठनलाई विद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।











