Logo
Logo

गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्ती मनाइयाे


693
Shares

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्ती शनिबार काँग्रेसनिकट संघसंस्थाले विभिन्न कार्यक्रम गरि मनाएका छन् ।

कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहारमा भएको थियो । जन्मजयन्तीका अवसरमा जिपी कोईरालाल मेमोरियल कलेजले काठमाडौंमा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको परिवर्तनमा स्वर्गीय कोईरालाले खेलेको भूमिकाको स्मरण गरे । १० बर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शािन्तप्रक्रियामा ल्याउन कोईरालाले अग्रणी भूमिका खेलेको उहाँले बताए ।

सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ । कोइराला मुलुकमा पाँचपटक प्रधानमन्त्री भए ।

चार कार्यकाल पार्टी सभापति बने । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्