
मोरङ । मोरङको रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारका एक स्थानीयले आफ्नै श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरीका कार्यालय मोरङका अनुसार शुक्रबार राति करिब १० बजे तिलक मल्लिकले ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या गरेका हुन् ।
प्रहरीका अनुसार घाइते भएकी मल्लिकलाई उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । मल्लिकको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्या आरोपमा श्रीमान मल्लिकलाई पक्राउ गरेको छ । घरायसी विवादमा तिलकले बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।











