Logo
Logo

नेपालमा पर्यटन विश्वविद्यालयको आवश्यक छ : प्रचण्ड


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पर्यटन विश्वविद्यालयको आवश्यकता रहेको बताएका छन् ।

शनिबार नेपाल माउन्टेनरिङ एसोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा पर्यटन विश्वविद्यालयको आवश्यकता देखापरेको बताएका हुन् । उनले पर्यटन विश्वविद्यालय स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘म चाँडै सत्तारुढ दलहरूको बैठकमा यो प्रस्ताव पेस गर्छु । देशलाई पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्