
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने टिप्पणी गरेका छन् । अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने बताए।
शनिवार नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै उनले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन् । उनले कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने समेत बताए ।
अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने समेत दावी गरे । उनले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाए । अध्यक्ष थापाले सर्वोच्चको परमादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए ।











