Logo
Logo

वामदेव गौतमलाई निष्कासन गरेको भन्ने समाचार गलत : पाण्डे


2.6k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको भन्ने समाचार गलत भएको बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै पाण्डेले गौतमलाई कारवाही गरेको समाचार गलत भएको जानकारी दिएका हुन् ।

उनले सदस्य युवराज सफलले जिम्मेवारी राजीनामा दिएको बताएका छन् । पाण्डेले युवराजको राजीनामा असार १७ गते अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय समेत भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्