Logo
Logo

रेलमै सरर चीन आए, रेलमै फर्किए किम



बेइजिङ, २५ पुस (एजेन्सी) । उत्तर कोरियाली नेता किम जोङ उन बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । रेलमै चीन आएका उनी रेलमै फकिएका हुन् । आफ्नो सुरक्षालाई मध्यनजर गर्दै किम प्राय आफ्नै बुलेट फ्रुप रेलमा सवार गर्छन् ।
उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । उनी मंगलबार चीनको भ्रमणमा पुगेका थिए । प्योङयाङको एक प्रमुख कृटनीतिक साथीको रुपमा रहेको चीनको किमको चौथो भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो ।
नेता किम बेइजिङको केद्रीय रेलवे स्टेशनमा मंगलबार अपराह्नमा आइपुगेको थियो । एक दिनको बसाइपछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको एएफपी सामाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् ।
किम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक घण्टा भेटवार्ता गरेका थिए । उत्तर कोरियाली नेता किमको मंगलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुबै नेता प्रथम महिलासहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ ।
किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जुसहित अरु उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्