Logo
Logo

रोटरी क्लब अफ काठमाडौं वेष्टको पद हस्तान्तरण सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ साउन । रोटरी क्लव अफ काठमाडौं वेस्टको नयाँ नेतृत्वमा दिग्विजय विष्टलाई पुर्वअध्यक्ष मनमोहन श्रेष्ठले आज आइतबार पद हस्तान्तरण गरेका छन् ।
रोटरी क्लवका डिस्ट्रिक गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा श्रेष्ठले नवनियुक्त पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सन् २०३० सम्म नेपाललाई साक्षर देश बनाउने र हरेक नेपालीलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्ने लक्ष्य रोटरी क्वलले लिएको बताए । नेपालको हरेक रोटरी क्वबले समुदायका लागि प्रसंशायोग्य काम गरेकाले रोटरीले सन् २०३० सम्ममा लिएको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘रोटरी क्वलले आफू, आफ्नो परिवार र समुदायलाई जोड्न सके समाज परिवर्तन गर्न सकिनेछ । सकरात्मक सोचले मात्रै समाज रुपान्तरण हुँदैन, त्यसका लागि निरन्तरता, मिहिनेत र इमानदारिता पनि उत्तिकै खाँचो पर्छ ।’
शिक्षा नै समाज परिवर्तनको मुख्य स्रोत भएकाले हरेक रोटरीले समुदायमा एउटा स्कुललाई ‘ह्याप्पी स्कुल’ बनाउन सक्यो भने पिछाडिएका, दुर्गम क्षेत्रका गरिब जनताका छोरा–छोरीले राम्रो शिक्षा पाउने कुरामा आफू आशावादी बनेको उनले बताए । प्रमुख अतिथि श्रेष्ठले रोटरीलाई संख्यात्मक रुपमा होइन, गुणात्मक रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा काठमाडौं वेस्टका संस्थापक मणिध्वज जोशी, पूर्वअध्यक्ष मनमोहन श्रेष्ठ, देवेन्द्र प्रधान, मोहनध्वज जोशी, उर्मिला डंगोल, पद्मा माथेमा, शारदाभक्त रञ्जितलगायतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा पूर्व डिस्ट्रिक गर्भनर तिर्थमान शाक्यको शुभजन्मोत्सवको अवसरमा केक काटेर उनको सु–स्वाथ्य एवं दीर्घायुको कामना गरिएको थियो । कार्यक्रममा पूर्व डिस्ट्रिक गर्भनर चिन्तामणि भट्टराई, रत्नमान शाक्य, योगेन्द्र प्रधान र एजी अनिल श्रेष्ठको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्