
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
आज बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो । समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् । स्थानीय निर्वाचनमा अन्तर्घात भएको कुरा केन्द्रीय समितिको बैठकमा उठेपछि समिति गठन गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।
त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ ।समितिले सुझाव बुझाएपछि स्थायी समितिले त्यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।











