Logo
Logo

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू


0
Shares

काठमाडौं । उज्यालो, देउसी-भैलो र मीठा परिकारहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो अत्याधुनिक माइक्रोवेभ ओभनहरूलाई भान्साको मुख्य सारथीका रूपमा प्रस्तुत गरेको छ।

माइक्रोवेभ ओभन खाना तताउनका लागि मात्र हो भन्ने आम बुझाइलाई बदल्दै, सिजीले यस तिहारमा ग्राहकहरूलाई ओभनमै छिटो, मीठो र स्वस्थकर तरिकाले तयार गर्न सकिने चाडपर्व विशेष परिकारहरूबारे जानकारी गराएको छ। सिजी माइक्रोवेभ ओभनको मद्दतले यस तिहारमा निम्न परिकारहरू सजिलै घरमै तयार गर्न सकिन्छ:

भाइ मसला रोस्टिङ : तिहारमा नभई नहुने काजु, बदाम, पिस्ता र ओखर जस्ता भाइ मसलालाई कराइमा डढ्ने डरबिना ओभनमा केही मिनेटमै क्रिस्पी र स्वादिष्ट रूपमा रोस्ट गर्न सकिन्छ।
घरमै स्वादिष्ट मिठाई : बजारको मिसावटयुक्त मिठाईभन्दा घरमै बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलवा र चकलेटहरू अब घन्टौं आगोमा नउभिएरै सिजी माइक्रोवेभ ओभनमा निकै छिटो र सजिलै बनाउन सकिन्छ।

बेकिङ र ग्रिलिङ : भाइटीकामा दाजुभाइलाई उपहार दिन आफ्नै हातले बनाएको केक, कुकिज, वा पारिवारिक जमघटका लागि पनिर र मासुका परिकारहरू ग्रिल गर्न यसमा रहेको कन्भेक्सन र ग्रिल फिचर अत्यन्तै उपयोगी छ।

परिकारको ताजापन : अघिल्लै दिन बनाइएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारहरूलाई पाहुना आउँदा तुरुन्तै तताएर भर्खरै पकाएको जस्तै ताजा र क्रिस्पी बनाउन यसले ठूलो मद्दत गर्छ।
ग्राहकहरूको विभिन्न आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै, कम्पनीले हाल बजारमा २० लिटरदेखि ३५ लिटर क्षमतासम्मका जम्मा ६ वटा विभिन्न मोडलका (Solo, Grill, र Convection) माइक्रोवेभ ओभनहरू उपलब्ध गराएको छ। जसमध्ये २ वटा मोडलहरू प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका रहेका छन् भने बाँकी ४ वटा मोडलहरू लोकप्रिय सिजी ब्रान्ड अन्तर्गत उपलब्ध छन्। यी उपकरणमा रहेको ‘अटो कुक मेनु’ (Auto Cook Menu) ले परिकारअनुसार आफैं समय र तापक्रम मिलाउने हुँदा भान्साको काम झन्झटमुक्त र पूर्ण रूपमा स्मार्ट बन्छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट (www.cgdigital.com.np, www.cginspiringlife.com) तथा सिजीका आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिन्छ।

ग्राहकहरूको बिक्रीपछिको सेवालाई (After-sales Service) अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘CG cares’ एप सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।

थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न तथा थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘CG cares’ एप डाउनलोड गर्न सकिनेछ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000