Logo
Logo

‘क्रिकेटको रोमाञ्चसँगै सेन्सेइमा पार्टी स्पिकर र वासिङ मेसिन जित्ने अवसर’


0
Shares

काठमाडौं । अहिले नेपाली क्रिकेटको क्रेज उत्कर्षमा छ । क्रिकेटको यो रोमाञ्चक माहोलसँगै घरेलु तथा विद्युतीय उपकरणको लोकप्रिय ब्रान्ड ‘सेन्सेइ’ (Sensei) ले पनि ग्राहकहरूका लागि थुप्रै आकर्षक अफरहरू सार्वजनिक गरेको छ । क्रिकेट खेलको प्रत्यक्ष अनुभवलाई ठूलो स्क्रिनमा जीवन्त बनाउने योजनादेखि चाडपर्व लक्षित विशेष छुट र बम्पर उपहारसम्मका आकर्षक स्किमहरूबारे सेन्सेइ ब्रान्डका सेल्स म्यानेजर रबि घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

अहिले नेपालमा क्रिकेटको माहोल निकै उत्साहजनक छ। यो समयमा सेन्सेइले ग्राहकहरूका लागि के विशेष ल्याएको छ?
अहिले नेपालमा क्रिकेटको उत्साह निकै बढेको छ। परिवार र साथीभाइसँग बसेर क्रिकेट हेर्ने माहोल पनि निकै राम्रो बनेको छ। यही अवसरलाई ध्यानमा राख्दै हामीले सेन्सेइ टिभीलाई विशेष प्राथमिकतामा राखेका छौँ। हामीसँग २४ इन्च, ३२ इन्च, ४३ इन्च, ५५ इन्च र ६५ इन्चसम्मका विभिन्न साइजका टेलिभिजनहरू उपलब्ध छन्। सानो कोठादेखि ठूलो लिभिङ रुमसम्म, ग्राहकहरूले आफ्नो आवश्यकता र बजेटअनुसार सेन्सेइ टिभी छनोट गर्न सक्नुहुन्छ । विशेषगरी क्रिकेटको यो सिजनमा ठूलो स्क्रिनमा खेल हेर्न चाहने ग्राहकहरूका लागि सेन्सेइ उत्कृष्ट विकल्प बन्न सक्छ।

क्रिकेट हेर्नका लागि कुन साइजका सेन्सेइ टिभी बढी उपयुक्त हुन्छन्?
क्रिकेट भनेको केवल खेल मात्र होइन, यो परिवार र साथीभाइसँग रमाइलो गर्ने एउटा अवसर पनि हो। चौका, छक्का, विकेट र अन्तिम ओभरको रोमाञ्च ठूलो स्क्रिनमा हेर्दा त्यसको मज्जा नै फरक हुन्छ। त्यसैले हामी विशेषगरी ४३ इन्च, ५५ इन्च र ६५ इन्चका सेन्सेइ टिभीलाई बढी प्राथमिकतामा राखेर ग्राहकहरूलाई सुझाव दिइरहेका छौँ। त्यस्तै, सानो कोठा वा सीमित बजेट भएका ग्राहकहरूका लागि २४ इन्च र ३२ इन्चका टिभी पनि उपलब्ध छन्। हाम्रो उद्देश्य भनेको हरेक नेपाली घरमा आफ्नो बजेटअनुसार ठूलो स्क्रिनमा मनोरञ्जनको अनुभव पुर्‍याउनु हो।

अहिले सेन्सेइको दसैँ-तिहार स्किम पनि चलिरहेको छ। यसअन्तर्गत ग्राहकहरूले कस्ता सुविधा र अफरहरू पाउन सक्छन्?
हो, अहिले पनि हाम्रो सेन्सेइ दसैँ-तिहार विशेष स्किम सञ्चालनमा रहेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले सेन्सेइ का छनोट गरिएका उत्पादनहरूमा रु. ३०,१०० सम्मको क्यास ब्याक र इएमआईको सुविधा प्राप्त गर्न सक्नुहुन्छ। यसका साथै वासिङ मेसिन खरिद गर्ने ग्राहकहरूका लागि पनि विशेष उपहारको व्यवस्था गरेका छौँ। फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल निःशुल्क, सेमी-अटोमेटिक वासिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क, निस्शुल्क डेलिभरी र निस्शुल्क इन्स्टलेसनको सुविधा छ । हाम्रो उद्देश्य भनेको ग्राहकहरूले गुणस्तरीय उत्पादनसँगै आकर्षक अफर र थप सुविधा पनि प्राप्त गर्न सकून् भन्ने हो। त्यसैले नयाँ घरायसी उपकरण खरिद गर्ने सोचमा रहेका ग्राहकहरूका लागि यो राम्रो अवसर हो।

टिभीबाहेक अन्य कुन-कुन उत्पादनहरू उपलब्ध छन्?
सेन्सेइ टिभीसँगै हामीसँग घरायसी आवश्यकताका विभिन्न उत्पादनहरू पनि उपलब्ध छन्। हाम्रो उत्पादन लाइनअपमा वासिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिज र एयर कन्डिसनर समेत रहेका छन्। वासिङ मेसिनले दैनिक कपडा धुने कामलाई सहज बनाउँछ भने रेफ्रिजरेटरले घरमा खाद्य सामग्री सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, चेस्ट फ्रिज घरायसी तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयोगी हुन्छ। मौसमअनुसार घर तथा कार्यालयलाई आरामदायी बनाउन सेन्सेइ एसी पनि एउटा राम्रो विकल्प हो। हामी सेन्सेइलाई केवल टिभी ब्रान्डका रूपमा मात्र नभई नेपाली परिवारका विभिन्न घरायसी आवश्यकता पूरा गर्ने ब्रान्डका रूपमा अगाडि बढाइरहेका छौँ।

क्रिकेटको अवसरमा सेन्सेइले ‘प्रिडिक्ट एन्ड विन’ अभियान पनि ल्याएको छ भन्ने सुनिएको छ। यसबारे बताइदिनुहोस् न।
हो, पक्कै पनि। क्रिकेटको उत्साहलाई अझ रमाइलो बनाउन हामीले सेन्सेइ ‘प्रिडिक्ट एन्ड विन’ अभियान सञ्चालन गरिरहेका छौँ। यस अभियानमार्फत क्रिकेटप्रेमीहरूले सहभागी भएर आकर्षक पार्टी स्पिकर जित्ने अवसर पाउन सक्नुहुन्छ। क्रिकेटको मज्जासँगै ग्राहकहरूलाई थप उत्साह र मनोरञ्जन प्रदान गर्नु हाम्रो उद्देश्य हो। यसका साथै अहिले हाम्रो दसैँ-तिहार स्किमअन्तर्गत विभिन्न उत्पादनमा क्यास ब्याक अफर पनि सञ्चालनमा रहेको छ। हामी ग्राहकहरूलाई उत्पादन खरिदमा मात्र नभई यस्ता रमाइला अभियानहरूमार्फत पनि सेन्सेइसँग जोड्न चाहन्छौँ।

अहिलेको योजनामा बम्पर प्राइजको पनि व्यवस्था छ?
अवश्य छ। हाम्रो दसैँ-तिहार विशेष योजनाको अर्को आकर्षण भनेको बम्पर प्राइजमा सेन्सेइ डाइरेक्ट ड्राइभ वासिङ मेसिन जित्ने अवसर हो। ग्राहकहरूले योजनाअनुसार विभिन्न उत्पादनमा क्यास ब्याक, आकर्षक उपहार तथा अन्य सुविधाहरूको फाइदा लिन सक्नुहुन्छ। सँगै बम्पर प्राइज जित्ने अवसर पनि रहेको छ। हामी चाहन्छौँ, ग्राहकहरूले सेन्सेइका उत्पादनहरू खरिद गर्दा थप मूल्य र खुसी दुवै अनुभव गर्न सकून्।

अन्त्यमा, सेन्सेइका ग्राहकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
सबैभन्दा पहिले सेन्सेइप्रति विश्वास र माया देखाउनुहुने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छु । अहिले क्रिकेटको उत्साह छ। परिवारसँग बसेर ठूलो स्क्रिनमा खेलको मज्जा लिने यो राम्रो अवसर पनि हो । तपाईं नयाँ टिभी खरिद गर्ने सोचमा हुनुहुन्छ भने हामीसँग २४ इन्चदेखि ६५ इन्चसम्मका सेन्सेइ टिभी उपलब्ध छन् । त्यस्तै, वासिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिज र एसी लगायतका उत्पादनहरू पनि उपलब्ध छन्। अहिले सञ्चालन भइरहेको दसैँ-तिहार स्किममार्फत क्यास ब्याक, आकर्षक उपहार, निस्शुल्क डेलिभरी, निस्शुल्क इन्स्टलेसन र बम्पर प्राइज जित्ने अवसर पनि रहेको छ। त्यसैले म सबै ग्राहकहरूलाई आफ्नो नजिकको आधिकारिक सेन्सेइ विक्रेताकहाँ पुगेर उपलब्ध उत्पादन र अफरहरूको फाइदा लिन आग्रह गर्दछु।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000