काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले काठमाण्डूविरुद्ध १८।३ आभेरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो ।

















