Logo
Logo

गगनमाथिको आरोपबारे कांग्रेस आक्रामक, कडा प्रतिवाद गर्ने निर्णय


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूको बैठकले पार्टी तथा सभापतिविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको हो ।

राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास गरेको र त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए ।

उनले भने, ‘राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ । यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ ।’

त्यस्तै, कांग्रेसले संसद बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए । उनका अनुसार पार्टीले निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष निकालेको छ ।

विचौलिया इनम सापकोटाले प्रहरीसमक्ष दिएको भनिएको बयानमा कांग्रेसको आधिकारिकता पाउन गगन थापाले १८ करोड दिएको आरोप लगाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000